नेपालगन्ज, फाल्गुन १४ । नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक-पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ ।
नेपालगञ्जको घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा एकतर्फी पार्किङ कायम गरिएको छ । सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम
नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताउनुभय