FAQs Complain Problems

७ बुदें प्रतिबद्धता घोषणासहित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई !!

नेपालगञ्ज फागुन २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिका कार्यालय परिसरमा बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख डा धवल शम्शेर राणाले सो लीखीत प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा बास नेपालगञ्जको सहजिकरणमा सो सुनुवाई गरिएको हो । सरोकारवालाको रुपमा आसिन व्यक्तित्व तथा नगरबासीहरुबिचको सुनुवाईमा नेपालगन्ज –८ स्थित शम्सान घाटमा बिद्युतीय शव दाह निर्माण गर्ने अवधारणा अघि बढाउने, नगरलाई प्लाष्टीक मुक्त शहर बनाउने प्रक्रियालाई बढाउने, पैदल यात्रीलाई हिडडुल गर्ने बाटोको अतिक्रमण हटाउने, गल्लीहरुमा सडक बत्ति जडान गर्ने, वडा नम्वर १४ उदयपूर्वादेखि पर्सनपूर्वासम्म जाने सडक चालु आर्थिक बर्षमानै ग्रावेल गर्ने र निकट भविष्यमा उपमहानगरपालिका भित्र मर्मत शाखा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
गुनासो सम्बोधन गर्दै नगर प्रमुख डा. धवल शम्सेर राणाले नगरको समग्र विकास तिव्र रुपमा भइरहेकाले सवैको सहयोगको अपेक्षा गर्नु भयो । उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा बिषयगत शाखाका प्रमुखहरु र सुनुवाईमा सहभागिहरुका बिचमा नगरका विभिन्न बिषयमा दोहोरो सम्वाद भएको थियो ।
बासका कार्यकारी निर्देशक निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा नगरपालिकाले प्रवाह गरेका कार्यक्रमहरु तथा अघिल्ला सार्वजनिक सुनुवाईमा गरिएको प्रतिबद्धताहरुको बारेमा जानकारी गराइएको थियो ।
नगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको बारेमा गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजाको बारेमा बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले जानकारी गराउनु भयो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सुनुवाईमा २८० बढीको सहभागिता रहेको थियो । चालु आर्थिक बर्ष २०७५÷०७६ अन्तरगत उपमहानगरपालिकाले गरेको यो दोश्रो सार्वजनिक सुनुवाई हो ।

Show in Slider: