नेपालगञ्ज, मंसिर २९ । नेपालगञ्जस्थित जमुनाह नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना हुने भएको छ । ५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।