FAQs Complain Problems

नेपालगंज उप-महानगरपालिकाको मुख्य सडक, सुर्खेत रोड

Read More

नेपालगंजमा अवस्थित बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मुर्ती

Read More

नेपालगंज उपमहानगरपालिकाको समग्र पार्श्वचित्र

Read More

नेपालगंज विमानस्थल

Read More

कोभिड १९ को राहत लाभग्राही विवरण

नेपालगंज उप–महानगरपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेशको पश्चिम तर्फ र साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको प्रमुख ब्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेश अन्तर्गत्का १२ जिल्लाहरु मध्ये सवैभन्दा महत्वपूर्ण जिल्ला मध्ये बाँके जिल्लाको सदरमुकामको रुपमा रहेको उप–महानगरपालिका हो । शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।०६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको थियो । मिति २०७३।११।२७ गतेको निर्णयानुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ । २३ वडाको कूल क्षेत्रफल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ । पुर्व – पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो । यस नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रसंग सिमाना जोडिएका पालिकाहरु पूर्वमा– डुडुवा गाऊपालिका, पश्चिममा– जानकी गाऊपालिका, उत्तरमा– जानकी गाऊपालिका र कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाऊपालिका र मित्रराष्ट्र भारतको सीमाना पर्दछ । भारतसंग यस उप–महानगरपालिकाको वडा नं. १५ र १६ को सीमा जोडिएको छ । उप–महानगरपालिकाको कूल जनसंख्या १,६४,४४४ मध्ये पुरुष ८२,७५५ र महिला ८१,६८९ र घरधुरी ३४,५६५ रहेको छ । (स्रोतः जनगणना २०७८)

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप !!

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका

नेपालगञ्ज उप-महानगरपालिकाको Mobile APP Google Play Store मा गई Nepalgunj Submetropolitan search गरि तथा यो लिकंमा गई Download गर्नु हुन अनुरोध छ |

 

 

गतिविधि तथा समाचार

जनप्रतिनिधि

प्रशान्त बिष्ट

नगर प्रमुख
९८५८०२००६७
mayorprashant@gmail.com

कमरुद्दीन राई

नगर उप-प्रमुख
९८५८०२१०८८
upmayorkamruddin@gmail.com

पदाधिकारी

ओमबहादुर खड्का
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६६१११
nepalgunjmun@gmail.com
खिमानन्द अर्याल
सूचना अधिकारी
९८५८०३२६९०
io.npjmun@gmail.com

जानकारी