FAQs Complain Problems

नेपालगञ्जको ११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न !!

नेपालगञ्ज, असार १६ । नेपालगञ्ज, उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ ।  नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण  गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ ।

नगरसभाले नगर उपप्रमुख कमरुद्धिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ ।नगरसभामा उपमहानगरपालिकामा  सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई गर्नुभयो ।यसैगरी सशितकुमार कलवार, रामचरण यादव, रामकृष्ण चौधरी,गगनसिंह साउद, टेकवहादुर केसी,कृष्णवहादुर केसी, नरवहादुर कठायत, उषा राणा, शिवकुमार वृजपति, स्व. रामसुरेश यादव, कृष्णदेवी वाल्मिकी, भद्रवहादुर शाही, शोभा बाल्मिकी र फकिरे भंगीलाई पनि सम्मान गरिएको प्रशासन महाशाखा प्रमुख राजन केसीले जानकारी दिनुभयो ।

Show in Slider: