FAQs Complain Problems

समाचार

नेपालगञ्जमा जेठ २६ गते जेष्ठ नागरिकलाई भेरोसेल खोप दिइने !!

नेपालगञ्ज,जेठ २४ । नेपालगञ्ज उप–महानगरपालिमा यहि जेठ २६ गते जेष्ठ नागरिकका लागि  कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्म ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि  खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो । खोप लगाउन आउनेहरुले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: