FAQs Complain Problems

नेपालगञ्जमा मनाइयो महिला स्वास्थ्य स्वयमसेविका दिवस !!

नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई  सम्मान गरेको छ ।  शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले स्वयम सेविकाहरुलाई सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिका अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेती लगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि  सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताउनुभयो ।

सो अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले  स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो । सोही कार्यक्रममा बी–ग्रुप बाँकेले स्वयमसेविका लागि एकलाख ९७ हजार रुपिया मुल्यको माक्स, सेनिटाईजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको छ ।

Show in Slider: