FAQs Complain Problems

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगन्जमा बिबिध कार्यक्रम !!

१११ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा सोमबार बाँकेको नेपालगन्जमा र्याली, सभा, फुटसल प्रतियोगिता र दिप प्रज्वलन गरी मनाईको छ । प्रत्येक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गर्ने गरिन्छ । यही अवसर पारेर नेपालगञ्जमा र्याली, सभा, फुटसल प्रतियोगिता र दिप प्रज्वलन कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगरपालिका कार्यालयबाट निस्किएको र्याली बीपी चोक, धम्बोझी चोक, घरवारीटोल, त्रिवेणीमाड, चिभुवन चोक हुँदै पुन उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणाले नेपालमा पनि महिलाहरु पुरुषभन्दा धेरै पछाडी नरहेको बताउनुभयो । कार्यक्रमका सभापति एव नेपालगञ्जका उपमेयर उमा थापा मगरले महिलाहरु धेरै अगाडी आइसकेको बताउनुभयो । यो अवस्थासम्म आइसक्दा पनि मात्र आत्मबल, आत्मबिश्वासको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय धेरै पुरुषहरुले समेत महिलाहरुलाई बिभिन्न कठिनाई तथा सफलताका लागि सहयोग गर्ने क्रम समेत बढेको बताउनुभयो । कोणसभामा जिल्ला प्रहरी प्रमुख ओमबहादुर राना, खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नं २ का अध्यक्ष सुरेन्द्र हमाल, वडा नं १२ क वडा अध्यक्ष बुद्धिसागर सुबेदी, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह लगायत जनप्रतिनिधि र नागरिक समाजका अगुवाइहरुकाका साथै विभिन्न संस्थाका ब्यानरसहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सो क्रममा महिला दिवसलाई सफल बनाउन सहयोग, समन्वय गरेका संघ संस्थालाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । नेपालगञ्जमा रहेका महिलाका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसंगको समन्वयमा कार्यक्रम भएको हो ।

दिवसको अवसरमा सोमबार आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्याब्सन टिम बिजयी भएको छ । नेपालगञ्जको न्युरोडस्थित नेपालगञ्ज फुटसल खेल मैदानमा भएको प्रतियोगितामा प्याब्सनले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेलाई पराजित गर्दै बिजेता बन्न सफल भएको हो । प्याब्सनले घरेलुलाई दुई गोलले पराजित गरेको हो । यस्तै प्रतियोगितामा घरेलु टिम उपबिजेता बन्न सफल भएको छ । उसले जनप्रतिनिधिलाई पराजित गर्दै उपबिजेता बन्न सफल भएको हो । उसले जनप्रतिनिधिलाई दुई गोल गरेर पराजित गरेको हो । त्यस्तै प्रतियोगितामा अन्तरपार्टी महिला संजाल बाँके तेस्रो हुन सफल बनेको छ । बिजेताहरुलाई उपमेयर उमा थापा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो । यसैबीचा दिवसकै अवसरमा नेपालगञ्जको सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ नेपालगञ्ज सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेपालगञ्जका बिभिन्न संघ संस्था, नेपालगञ्जका उपमेयर उमा थापा, कार्यपालिका सदस्य मञ्जु नेपाली, बसन्ता जोशी, वडा नं २ का वडा स्दस्य आशा शाही, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो ।

Show in Slider: