FAQs Complain Problems

हार्दिक श्रद्धाञ्जली !!!

वडा सदस्य नेपालीको निधन !

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का महिला वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षिया नेपालीको आज विहान २ वजे वडा नम्वर ७ गगनगञ्ज आफनै निवासमा निधन भएको हो । २० दिनदेखि अस्वस्थ नेपालीको लखनउनस्थित उपचार सम्भव नभएपछि बुधबार साँझ घर पु¥याइएको थियो । नेकपा माओवादी नगर कमिटि सदस्य समेत रहनु भएकी नेपालीको बे्रनमा टिबी देखिएको पारिवारिक श्रोतले जनाएको छ । आजै उहाँको सिधनीयाघाटमा परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उहाँको निधनले वडावासीलाई अपुरणीय क्षती पुगेको भन्दै श्रद्धाका लागि आज एक दिन वडा कार्यालयको कामकाज पनि रोकिएको वडा अध्यक्ष जुम्मन खाँनले जानकारी दिनु भयो । यसैवीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र उपमेयर उमा थापामगरले मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई भेटेर हार्दिक समवेदनाका साथै सान्त्वना प्रकट गर्नु भएको छ ।