FAQs Complain Problems

स्वास्थ्यकर्मीको मनोबल बढाउन मेयर र उपमेयर पुगे अनूगमनमा !!

नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज उप–महानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र उप–प्रमुख उमा थापा मगरले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भईरहेका कामहरुको अनूगमन गर्नुभएको छ । उहाँहरुले विभिन्न स्थानमा पुगेर भईरहेको कामको स्थलगत जानकारी लिई स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीहरुको मोवल बढाउनुभएको छ ।

नगर प्रमुख डा. राणाले शिक्षण अस्पताल नेपालगञ्जमा पुगेर संक्रमितहरुको अवस्थाको बारेमा जानकारी लिनुभयो । बुधबार उप–प्रमुख उमा थापा मगरले नेपालगञ्जस्थित जमूनाह नाकामा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुभएको छ ।  थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीसँग आवश्यक छलफल गरी सीमा नाकामा आवागमन व्यवस्थित गराउन र स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागि आग्रह गर्नुभयो । होल्डिङ्ग सेन्टरमा पुगेर पनि उपप्रमुख मगरले त्यहाँको अवस्था बारे जानकारी लिनुभयो । सीमामा भारतबाट भित्रिनेहरुलाई नयाँ मास्क दिने गरिएको छ । सेनिटाईजर सहित उनीहरुको ज्वरो जाँच समेत गरिन्छ । सीमामै एन्टिजिन जाँच समेत हुने गरेको छ । भारतबाट भित्रिनेहरुलाई सीमामा निशुल्क पिउनेपानीको ब्यवस्था गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विभिन्न संघसंस्थाको सहयोगमा सीमानाकामा व्यवस्थित आवागमनका लागि पहल गरिरहेका छन् ।

 

Show in Slider: