FAQs Complain Problems

समाचार

सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन !!

नेपालगञ्ज, चैत्र १ गते– नेपालगञ्जको मुख्य सडक सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिदैछ । नमूना कार्यक्रमका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो अभ्यास गर्न लागेको हो । सुर्खेत रोड सरसफाईका लागि चार वटा संस्थालाई ५ वटा रुट (क्षेत्र) निर्धारण गरेर जिम्मेवारी समेत दिइएको छ । परिक्षणका रुपमा अहिलेलाई एक महिनाको लागि मात्र जिम्मेवारी दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारीदिनु भयो ।
तोकिएका संस्थाहरुले भन्सार गेटदेखि मनिकापुर चौक सम्मको सम्पूर्ण सरसफाई गर्नेछन् । भन्सार गेटदेखि चौलिका सम्म, चौलिकादेखि गणेशमानचौक सम्म क्लीनर्स कन्सर्न सर्भिस, गणेशमान चोकदेखि विरेन्द्र चेैकसम्म बातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इन्प्रोक) विरेन्द्रचोकदेखि कारकाँदो चोकसम्म सामुदायिक सशक्तिकरणका लागि साझा प्रयास(केश) र कारकाँदो चौकदेखि मनिकापुर चोकसम्म नेपाल उत्पीडित उत्थान विकास समाजलाई सरसफाईको जिम्मेवारी दिइएको हो । यस अघि नै स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थाले धम्वोझी चौकदेखि नन्दनीमिल सम्मको सरसफाई गरिरहेको छ । ३ महिने सो अभियान सफल भएको वडा न १ का अध्यक्ष समेत रहनु भएका प्रवक्ता रिजालले बताउनु भयो । उपमहानगरपालिकाको सहयोग र सहमती अनुसार ति संस्थाहरुले एउटा फुटपातदेखि अर्को साइडको फुटपात सम्मको सम्पूर्ण फोहर संकलन, विसर्जन गर्नु पर्ने छ ।
सम्वद्ध वडा अध्यक्ष, सरोकारवाला व्यक्तिसँगको आज आयोजित वैठकमा सरसफाईको प्रभावकारितालाई मध्यनजर गरेर त्यसको निरन्तरता गर्न सकिने भएकाले सो अनुसार कार्य बढाउन नगर प्रमुख डा धवल शमश्ेर राणाले निर्देशन दिनु भयो । वैठकमा वडा अध्यक्षहरुले जिज्ञाशासँगै सुझाव पनि दिनु भएको थियो । बातावरण इन्जिनियर प्रकाश डीसीले ताकिएको स्थानमा फोहर जम्मा गरिदिन नगरवासीमा अपील गर्नु भयो ।
सार्वजनिक नीजी साझेदारी हुने गरि नमूनाका रुपमा नगरका विभिन्न भागमा सरसफाई बढाइने उपमहानगरपालिकाले जनाएको छ । नगरको फोहर वयवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका–२३ मा निमाृधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालन आउने भएको छ । दैनिक २५ देखि ३० टन सम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए दिर्घकालिन रुपमै फोहरमैलाको व्यवस्थापन गर्न सहज हुने विश्वास गरिएको छ ।

Show in Slider: