FAQs Complain Problems

समाचार

सार्वजनिक शौचालय हस्तान्तरण !!

नेपालगञ्ज, माघ १९ गते । एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  ८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्डी नजिकै निर्माण गरिएका अपांगमैत्री अत्याधुनिक सार्वजनिक शौचालय आइतबार नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमाथापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको उपस्थितीमा हस्तान्तरण कार्यक्रम गरिएको हो । एसएनभीले नेपालगञ्जको धम्बोझीमा समेत स्वचालित शौचालय निर्माण गरिसकेको छ । हस्तान्तरण भएपछि सार्वजनिक शौचालय उपमहानगरपालिकाले ब्यवस्थापन गर्ने छ ।

Show in Slider: