FAQs Complain Problems

विरामी भेट्न नगर प्रमुख राणा अस्पताल र आईसोलेसन !!

नेपालगञ्ज, बैशाख २७ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन  सेन्टरको स्थलगत अनूगमन गर्नुभयो । सो क्रममा नष्र प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गर्नुभयो ।

 नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो ।

कशौसन बैश्य समाजको सहयोग

नेपालगञ्ज, बैशाख २७ । कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगञ्ज उप–महानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको हो । लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

Show in Slider: