FAQs Complain Problems

विकासका योजना बारे नगर प्रमुख राणाको प्रेस विज्ञप्प्ती !!

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ महत्वपूर्ण योजनाहरुलाई विशेष प्राथमिकताका साथ निर्माण कार्य बढाइरहेको छ । पछिल्लो चरणमा गरिएका केही कामको विवरण सहितको नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा जारी प्रेस विज्ञप्प्ती

नेपालगञ्ज उपमहानगरपालिका, नगरसभाबाट पारित नीति, कार्यक्रम तथा योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रक्रियामा क्रियाशिल छ । नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ व्यवस्थित र स्मार्ट सिटी निर्माणका लागि उपमहानगरपालिकाले महत्वपूर्ण योजनाहरुलाई विशेष प्राथमिकताका साथ निर्माण कार्य बढाइरहेको अवगत गराउँदछौं । हाल नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा भइरहेको विदितै छ ।
उपमहानगरपालिकाले नेपालगञ्ज–२ न्यूरोडस्थित आफनो स्वामित्वमा रहेको खाली जग्गामा शपीङ कम्प्लेक्स भवन निर्माणको अन्तिम खाका तयार पारेको छ । आठ कठ्ठा क्षेत्रफलमा बन्ने अत्याधुनिक सात (७) तले भवनका लागि उपमहानगरपालिकाले ५ करोड वजेट छट्याएको छ । जर्मनी सरकारको सहयोगमा तयार पारिएको भवनको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) हालै बोर्ड बैठकले स्वीकृत गरेको छ । भवन निर्माणका लागि नगर विकास कोषसँग सहुलियतमा ऋण र अनुदान माग गरिने भएको छ । भवन निर्माण सहजीकरणका लागि नगर प्रमुखको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । अन्डर ग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अब चाँडै शुरु हुने पनि विश्वास दिलाउँछौं ।
यस्तै उपमहानगरपालिकाले नेपालगञ्ज– ८ स्थित मंगल प्रसाद मावि परिसरमा महिला कलेज निर्माणको प्रक्रिया अघि बढाएको छ । क्याम्पसका लागि ८ करोड बजेट बिनियोजन गरिएकोमा अब डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आव्हान गर्ने गरि काम अगाडी बढाइएको हो । क्याम्पस स्थापना भए पछि मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने विश्वास गरेका छौं । ४० कोठाको कलेज निर्माण गर्नेे योजनालाई तदारुकता साथ बढाइने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।
नेपालगञ्ज–४ स्थित अन्तराष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साढे चार बिघाः क्षेत्रफलमा टर्मिनल भवन, शपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण भएको छ । नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडी बढाइएको हो । ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ । निर्माण कम्पनी युनाइटेड विल्डर्सले १४ करोड ९४ लाख रुपैयाँमा निर्माण गरेको हो । बसपार्क आउने प्रमुख सडक (हुलाकी) पनि निर्माण भइसकेको छ । प्रतिकुल मौसमका कारण फागुन १६ भित्र निर्माणको काम पूरा हुन नसकेपनि अब समयावधी नथपीने गरि निर्माणको अन्तिम कामलाई बढाइएको छ । नेपालगञ्जको विकासको प्रमुख पूर्वाधारका रुपमा रहेको बसपार्क निर्माणले पार्किङ लगायतको समस्या हल हुने विश्वास लिएका छौं ।
नगरको फोहर व्यवस्थापन र सरसफाईलाई पनि अत्यन्तै प्राथमिकतामा राखीएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२३ मा निर्माणाधिन ल्याण्डफिल्ड साइट ०७६ वैशाखसम्म सञ्चालनमा आउने गरि काम थालीएको छ । बा¥ह बिघाः क्षेत्रफलमा विसं २०७३ भदौदेखि निर्माणाधिन ल्याण्ड फिल्ड साइट क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत अब अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल ३९ करोड लागतमा निर्माण सम्पन्न हुँदैछ ।
ल्याण्ड फिल्ड साइट अब परिक्षणका रुपमा सञ्चालनमा ल्याइने निर्माण कम्पनी ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ ले जनाएको छ । दैनिक २५ देखि ३० टन सम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । फोहर विसर्जन गर्ने भरपर्दो स्थान नहुँदा अनेकन समस्या व्यहोर्नु पर्ने बाध्यता थियो । ल्याण्डफिल्ड साइट सञ्चालनमा आए दिर्घकालिन रुपमै फोहरमैलाको व्यवस्थापन गर्न सहज हुनेछ । दैनिक सरसफाईसँगसँगै सडकको सरसफाईलाई पनि तिव्रता दिइएको छ । सुर्खेतरोडको सरसफाईका लागि सार्वजनिक नीजी साझेदारी हुने गरि नमूनाका रुपमा ५ वटा कम्पनीलाई जिम्मेवारी दिइदैछ ।
छाडा पशु चौपायाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले वडा न २१ मा खुला काञ्जी हाउस निर्माण गरेको छ । सोही क्षेत्रमा गौशाला निर्माणको प्रक्रिया पनि बढाइदैछ । चार विघाः १२ कठ्ठा क्षेत्रफलमा रहेको काञ्जी हाउसमा एक सय २३ वटा पशु रहेका छन् । सडकमा छाडिएका अधिकांश पशु रोगी, अस्वस्थ र वृद्ध रहेकाकारण काञ्जी हाउसमा तिनको पालनमा पनि अनेकन समस्याको सामना गर्नु पर्ने अवस्था रहेको छ । तथापी उपमहानगरपालिकातर्फबाट संरक्षित पशुको आहार, उपचार लगायतको व्यवस्था गरिएको छ ।
नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेका छन् । विकासका काममा जनप्रतिनीधी, कर्मचारी र स्थानीय जनता सबै क्रियाशिल छन् । स्थानीय जनता जती सक्रिय र जिम्मेवार हुन्छन् त्यती नै चाँडो विकासले पनि गती लिने हाम्रो विश्वास छ । भइरहेका विकास निर्माणको प्रगती र भावी योजनाका बारे हामी नियमित हाम्रो फेसबुक पेज, वेभसाइट, पे्रस नोट, प्रेस मिट मार्फत पनि सार्वजनिक गरिरहेका छौं । गरिरहने पनि छौं । नगरको समग्र विकासका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले पु¥याएको योगदानप्रति कृतज्ञ छांंै । जिम्मेवारी निर्वाहका क्रममा हामीबाट भएका र हुन सक्ने केही कमी कमजोरी भए सुधारोन्मुखका लागि पनि अपील गर्र्दछौं । निरन्तर सहयोगका लागि सबैमा हार्दिक धन्यवाद ।

डा धवल शम्शेर राणा
प्रमुख

Show in Slider: