FAQs Complain Problems

समाचार

वडा न ११ खुला दिसामुक्त !

वडा न ११ खुला दिसामुक्त

नेपालगन्ज, चैत्र २८ गते – नेपालगञ्ज वडा नं ११ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नेपालगञ्जलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत आज वडा नं ११ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ८ सय ३१ घरधुरी रहेको वडा नं ११ का सबै जसो घरमा शौचालय बनेपछि खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । खुला दिसामुक्त वडा घोषणा समारोहमा वडा अध्यक्ष उज्वलसिंह राठौरले आजदेखि वडा न ११ खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा घोषणा गर्दै अभियानमा सघाउने सबैलाई धन्यवाद दिनु भयो । साथै उहाँले वडाबासीका तर्फबाट फोहर व्यवस्थापन लगायतका १३ बुँदे प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । उपमहानगरपालिकाका नगरप्रमुख डा धवल शम्शेर राणाले नगरलाई खुल्ला दिसामुक्त घोषणासँगै सरसफाईयुक्त शहर निर्माणको अभियान शुरु हुने उदघोष गर्नु भयो ।
२३ वडा रहेको नेपालगञ्जमा २१ औं वडाका रुपमा वडा न ११ लाई खुला दिसामुक्त वडा घोषणा गरिएपछि अब नगरमा २ वटा वडा मात्र खुला दिसामुक्त हुन बाँकी रहेका छन् ।
खुला दिसामुक्त अभियानका फोकल पर्सन ओबीराज आचार्यद्धारा सञ्चालित कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष अव्दुल सिद्यीकी, उपमहानगरपालिका कार्यपालिका सदस्य कौशल धोवी, वडा नागरिक मञ्चका पुर्व संयोजक ऋचा द्धिवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । जनप्रतिनीधी, स्थानीय अगुवा लगायतको उपस्थिती रहेको समारोहमा खुला दिसामुक्त अभियानमा सहयोग गर्नु हुने करिब दुई दर्जनलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

Show in Slider: