FAQs Complain Problems

राजनीति गर्ने छुट दिइनेछैन- नगर प्रमुख विष्ट

नेपालगञ्ज, जेठ १७ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताउनुभएको छ । नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराउनुभयो । उहाँले नगर प्रमुख र उपप्रमुख समान भएको भन्दै कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन आग्रह गर्नुभयो । नेपालगञ्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उहाँले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने बताउनुभयो ।

उपप्रमुख कमरुद्धिन राईले पार्टीगत  प्रतिष्पर्धाबाट निर्वाचित भएको भएपनि अबका दिनमा सबैजना मिलेर नमूना र सुन्दर शहर बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यपालिकाले नगरको वृहत्तर हितमा निर्णय गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत जगतवहादुर बस्नेत लगायत कर्मचारी र जन निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वशन्त कनौजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथग्रहण गर्नुभयो ।

Show in Slider: