FAQs Complain Problems

राँझा चौक अब पाइलट चौक !

नेपालगञ्ज, जेठ– ३० – राँझा चोकलाई अब पाइलट चोकका रुपमा रुपान्तरण गरिदैछ । पाइलट दिनेश न्यौपाने, को पाइलट स्व. सन्तोष रानाको स्मृतिमा चौक र शालिक निर्माण गर्न लागिएको हो । ०७२ फागुन १४ गते दिउसो नेपालगंजबाट जुम्ला तर्फ उडेको एयर कास्ठमन्डप जहाज कालीकोटको चिलखायामा दुर्घटना हुँदा ९ जना यात्रुलाई जीवन दान दिंदै न्यौपाने र रानाले आफ्नो प्राण आहुती गरेका थिए । बिर पदक प्राप्त उनीहरुको सम्झना र सम्मान स्वरुप राँझा चौकलाई विधिवत अब पाइलट चौकका रुपमा विस्तार गर्न लागिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझाचौकको पश्चिम तिर शालिक निर्माण प्रक्रिया शुरु गरेको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बुधबार संयुक्त रुपमा शालिकको शिला न्यास गर्नु भयो । उपमहानगरपालिकाले उपलव्ध गराएको १० धुर जग्गामा बाटीका, प्रतिक्षालयसहित क्याप्टेनद्धयको शालिक निर्माण गरिनेछ । क्याप्टेन नयौपाने नेपालगञ्ज–१२ मुक्तीपुर निवासी हुन् भने राना पाल्पा निवासी हुन् ।

Show in Slider: