FAQs Complain Problems

माघसम्म उपमहानगरपालिकाको पाच करोड ७१ लाख राजश्व !

नेपालगञ्ज फागुन ११ गते – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५को माघ मसान्त सम्म पाच करोड ७१ लाख ९५ हजार ६ सय ९६ रुपैया राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधीमा चार करोड ९८ लाख ३० हजार दुई सय १६ रुपैया राजश्व संकलन गरेको थियो । यस अवधीमा गत वर्ष भन्दा ७३ लाख ७५ हजार चार सय ८० रुपैया बढी राजश्व संकलन भएको देखिन्छ । 
राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट एक करोड २८ लाख ४७ हजार ३ सय ३ रुपैया राजश्व संकलन गरिएको छ । जवकी गत वर्ष यस अवधीमा एक करोड ४७ लाख ५२ हजार ६ सय २५ रुपैया राजश्व संकलन भएको थियो । गत वर्ष बनीसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधीमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सीभिल इन्जीनियर सुरज शर्माको भनाई छ । नगरका साविकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको समेत इन्जिनीयर शर्माले जानकारी दिनु भयो । 

उपमहानगरपालिकाका अनुसार– आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता सात सय १३, प्लिन्थ लेवल स्वीकृती दुई सय २८, सुपर स्ट्रक्चर इजाजत ३ सय ३१, नयाँ घर निर्माण दुई सय २६, पुरानो घरको प्रमाणित दुई सय ९५ वटा गरिएको छ । गतवर्ष १२ करोड राजश्व लक्ष्य रहेकोमा चालु आवमा उपमहानगरपालिकाको १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भुपती खत्रीले जानकारी दिनु भयो ।
उपमहानगरपालिकाले ०७२ सालदेखि घर नक्सापास अनीवार्य गरिरहेको छ । घर नक्सा पास विना वैंक ऋण लिन, किनवेच गर्न नपाइने व्यवस्था छ । उपमहानगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पु¥याएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनु भयो ।