FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा विदाई !

नेपालगञ्ज, असार ४ गते – नेपालगञ्ज उपमहानगरपालिकामा अब सहसचिवस्तरका  प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यालयमा  आईतबारबाट हाजिर हुनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत तोयानारायण  सुवेदीलाई आज औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत हरि  प्याकुरेललाई सम्मान सहित विदाई गरियो । 

संघीय तथा स्थानीय विकास  मन्त्रालयबाट आउनु भएका ४० वर्षिय सुवेदीलाई आज नगर प्रमुख डा धवल शम्शेर  राणा र उपप्रमुख उमा थापामगरले अविर र  फूलसहित स्वागत गर्नु भयो भने प्याकुरेललाई मायाको चीनोसहित विदाई गर्नु  भयो । प्याकुरेललाई प्रशंसा पत्र पनि प्रदान गरियो । वडा अध्यक्ष,  उपमहानगरपालिकाका कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा उपप्रमुख  थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । नगर प्रमुख राणाले प्रमुख  प्रशासकीय अधिकृत प्याकुरेलको काम गर्ने शैलीको प्रशंसा गर्दै थुपै्र जटील  काम फत्ते गरेको उदाहरण सुनाउनु भयो । उपमहानगरपालिकामा विकास तिव्र गतीमा  बढीरहेको भन्दै नगर प्रमुख राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई  जनप्रतिनधिले सहज बातावरण बनाउने विश्वास व्यक्त गर्नु भयो ।  जिल्ला  समन्वय समिति बाँकेमा सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले  जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा  धन्यवाद प्रकट गर्नु भयो । भर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख  प्रशासकीय अधिकृत सुवेदीले सरकारको म्याण्डेट अनुसार उपमहानगरपालिकाको  समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता  व्यक्त गर्नु भयो । 

Show in Slider: