FAQs Complain Problems

समाचार

पाच सय गाईवस्तुको स्वास्थ्य जाँच !!

पाच सय गाईवस्तुको स्वास्थ्य जाँच नेपालगञ्ज, चैत्र २० गते–

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ पुरैनामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज मंगलबार पुरैना गाऊँमा शिवीर सञ्चालन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका नगर उप प्रमुख उमा थापा मगरले बाख्रालाई औषधी खुवाएर शिवीरको उदघाटन गर्नु भयो । उपप्रमुख थापामगरले पशुको स्वास्थ्य जाँचले क्षती नोक्सानी हुनबाट जोगीने भएकाले पशुधनी पुर्व सचेत हुन आवश्यक रहेको बताउनु भयो । वडा अध्यक्ष रन्जित खाँको विशेष उपस्थितीमा सञ्चालित शिविरमा पशु सेवा शाखाका डा. अपार पौडेल, पशु विकास अधिकृत भोज बहादुर रावल लगायतले पशुको स्वास्थ्य जाँच गर्नुभएको थियो । शाखाका डा. पौडेलका अनुसार– ९५ घरधुरीका करिव ५ सय गाईवस्तु, बाख्राको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य परिक्षणसँगै औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिइएको डा पौडेलले जानकारी दिनु भयो ।

Show in Slider: