FAQs Complain Problems

नेपालगन्ज उप–महानगरस्तरिय शिक्षा समन्वय समिति गठन भएको छ |

स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै शिक्षा स्वास्थ्य र विकास निर्माणको लागि विभिन्न पहलकदमी सुरु भएको छ । सोही क्रममा नेपालगन्ज उप–महानगपालिकाले नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गरेको छ । शिक्षा सम्वद्ध अधिकारी, विद्यालयको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उप–महानगरपालिकाका मेयर डा धवल शमशेर राणाले निजी विद्यालयहरुको संगठन प्याव्सन, एनप्याव्सनलगायत सम्वद्ध सरोकारवालासँग आवश्यक परामर्श समेत गरेका छन् ।