FAQs Complain Problems

समाचार

नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम !!

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनमा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सरोकारवाला उपस्थित थिए ।

स्थानीय सरकारका लागि वास योजना निर्माणमा जानकारीमैत्री आधार सिर्जना, दिगो विकास लक्ष्य ६ (SDG‑6) सँग नक्साङ्कन, वास डाटा सङ्कलन र व्यवस्थापन, नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वातावरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कमरुद्दिन राईले वास योजना निर्माणका लागि अभिमुखीकरण फलदायी हुने बताए ।

वास विज्ञ आदित्य पाण्डेले वास प्लान निर्माण सम्बन्धि प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले गरेका थिए । विपद् तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

Show in Slider: