FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ !!

नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको छ । आज सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा बाल श्रम घटे पनि चुनौती कायमै रहेकाले सहकार्य, समन्वय र हातेमालो गर्न जरुरी रहेको बताएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बाल श्रम, बाल विवाह र खोप कार्यक्रम नगरका मुख्य समस्या भएपनि अन्य सूचकमा उल्लेख्य सुधार देखिँदा बाल श्रम न्यूनीकरण भने चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । रिजालले नेपालगञ्ज उमहानगरपालिका बाल श्रम मुक्त हुनुपर्दछ भन्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताउनुभयो । व्यवसायिक प्रतिष्ठानहरुले बाल श्रम नराख्ने दृढता लिँदा न्यूनीकरण सहज हुने उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा बाल श्रमिकको तथ्यांक अद्यावधिक, सचेतनामूलक कार्यक्रम सञ्चालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीको प्रकाशनरप्रशारण, होडिंग बोर्ड राख्ने, नियमित अनुगमन, छलफल र अन्तरक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएर बाल श्रममा लागेका बालबालिकाहरुको पठनपाठन र अन्य क्रियाकलापमा स्थानीय सरकारले दायित्व बहन गर्नुपर्ने सुझाब सरोकारावालाहरुले दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख शोभा शाहले कमजोर स्थितिका बालबालिकाहरुको अवस्था हेरेर उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले बालश्रम न्यूनीकरणको विषय अत्यन्तै संवेदनशील भएको भन्दै सबैको हातेमालो र जागरुकताले मात्र सम्भब हुने बताउनुभयो । शाहले बाल श्रमको परिभाषा, कानुनी व्यवस्था र विद्यमान नीति नियमबारे प्रस्तुतिकरण गर्नुभएको थियो । शाहले अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले सबै कुरो थाहा पाएर पनि अटेरी गर्ने संस्कारले अप्ठ्यारो पारेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा कुनै व्यवसायिक प्रतिष्ठानले बालबालिकालाई बाल श्रममा राखेको पाइएमा बाल श्रम न्यूनीकरणको लागि आफैं ४र५ वटा होडिंग बोर्ड टाँस्नुपर्ने नीति लागू गर्ने विषयमा पनि छलफल भएको महिला विकास अधिकृत पवित्रा पुरीले बताउनुभयो । उहाँले नगरमा बालबालिकाहरुको अवस्थाका विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा होटेल व्यवसायी, यातायात व्यवसायी, प्रहरी, बालबालिकाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी लगायत उपस्थित थिए । नेपालगञ्ज क्षेत्रमा ग्यारेज, होटल, फर्निचर, मोबाइल पसल, इलेक्ट्रोनिक पसल, अटो रिक्सा, सुन पसल लगायतका क्षेत्रमा बढी बाल श्रम रहेको बताइएको छ । नेपालको कानुनले १४ वर्ष मुनीका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन बन्देज गरेको छ ।

Show in Slider: