FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगर सभा उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यसहित २ अर्ब ४३ करोड २ लाख वजेट सार्वजनिक !

नेपालगञ्ज असार १० गते, नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५÷७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ ।
आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय÷व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो ।
उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरले आगामी आ.व.मा ऐसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ हुने अनुमान वजेट सार्वजनिक गर्नु भयो । प्रस्तुत वजेट वक्तव्यमा आर्थिक वर्ष ०७३÷०७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको बैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरि आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ । आगामी आवको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ ।
गत आ.व. ०७३÷७४ मा व्यय तर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूंजिगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ । चालु आर्थिक वर्षको हाल सम्मको संसोधित खर्च चालु खर्च तर्फ ९० प्रतिशत भन्दा बढि र पुँजीगत खर्च तर्फ ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान रहेको छ । आगामी आ.व.०७५÷७६ को ब्यय अनूमान चालू खर्च तर्पm सशर्त अनुदान तर्फ समेत गरी ५४ करोड ४ लाख ५० हजार र पूंजिगत खर्च तर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान गरिएको छ । यसमा चालु खर्च करीब २२ प्रतिशत र पूँजिगत खर्च करीब ७८ प्रतिशत रहने अनुमान छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको अनुदान र ऋण रकम करीब १ अर्ब ११ लाख रहेकोले चालु र पुँजीगत खर्च बीचको अनुपातमा भारी फरक देखिएको हो ।
कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकोले राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औल्याइएको छ ।
नेपालगञ्ज नेपालको पर्यटकीय द्धारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार भन्ने नारासहितको सार्वजनिक वजेट, नीती तथा कार्यक्रममा नेपालगञ्जलाई ५ नं. प्रदेशको आर्थिक तथा औद्योगिक नगरीको रुपमा विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्य लिइएको छ ।
राजश्व संकलन, करको दर र दायरा निर्धारण गरिने योजनासहीत आन्तरिक श्रोत अभिवृद्धिको कार्यक्रम अगाडि बढाइने नीती अवलम्वन गरिने वक्तव्यमा उल्लेख गरिएको छ ।
लक्षित समुदायको आयमुलक, रोजगारमुलक र सिपमुलक खालका क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गरिने, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने, अवसरबाट बञ्चितिमा परेका वर्गलाई प्रत्यक्ष फाईदा पु¥याउने योजनालाई उच्च प्राथमिकतामा राख्दै समग्र विकासमा हातेमालो गर्ने नीती अवलम्वन गरिने उपप्रमुखद्धारा प्रस्तुत वजेट नीतीमा उल्लेख गरिएको छ ।
यस्तै नगर प्रमुख डा धवल शश्शेर राणाले ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगर प्रमुख राणाले राजश्व एवं आन्तरिक श्रोत व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई नीती तथा कार्यक्रममा प्राथमिकता दिनु भएको छ ।
करको दायरा बढाई राजश्व संकलन बृद्धि, स्थानीय तहलाई निर्वाध रुपमा एकीकृत सम्पत्ति कर लिने व्यवस्थाको पहल, एकीकृत सम्पत्ति कर, घरबहाल कर, मनोरन्जन कर, विज्ञापन कर तथा सवारीसाधन कर संकलन बृद्धिलाई तिब्रता दिइने, सबै किसिमका उद्योग, व्यावसायलाई व्यावसाय करको दायरामा ल्याईने नीती अवलम्वन गरिने उल्लेख गरिएको छ
नेपालगञ्ज शहरलाई व्यवस्थित शहरको रुपमा विकसित गर्न र क्षेत्रीय हव एवं स्मार्ट सिटीको रुपमा विकास गर्दै चक्रपथ निर्माण प्रक्रिया अगाडी बढाईने, उपमहानगरपालिकाका सम्पूर्ण सडक पक्की गर्ने, विद्युत, खानेपानी सरसफाई आदिजस्ता न्यूनतम सुविधाहरु उपलब्ध गराउन विशेष पहल गरिने कुरा समेत प्राथमिकतामा राखीएको छ । त्रिवेणीमोड देखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ मेन नालाको दक्षिणतर्फ अण्डर ग्राउण्ड पार्किङसहित सवै सुविधा सम्पन्न विशाल वजार शपीङ कम्पलेक्स का लागि डीडीआर बढाइएको, सीटी हल निर्माणको लागि पहल गर्ने लक्ष्य राखीएको छ ।
नीती तथा कार्यक्रममा सडकको दायाँ बाया ग्रिन वेल्टको अवधारणा अनुरुप बृक्षारोपणलाई प्रभावकारी बनाइने, व्यावसायिक रुपमा कृषि र पशुपालन गर्ने कृषकलाई कृषि र पशुजन्य प्रविधि, मल, बीउमा अनुदान दिने एवं विषयगत कार्यालय तथा संघ संस्थाको समन्वयमा तालिम एवं प्रविधि हस्तान्तरण कार्यक्रमलाई अगाडी बढाईने, स्वास्थ्य संस्था÷अस्पतालहरुको स्तरोन्नती गर्दै पिूर्ण खोपयुक्त र पूर्ण सरसफईयुक्त बनाउँदै लगिने कुरा समावेश छ । सुविधासम्पन्न रंगशाला निर्माणदेखि पर्यटकमैत्री वातावरण बनाउन संग्रहालय, कोशेलीघर र सभागृह निर्माण गरिने अवधारणा पनि अघि सारिएको छ । यस्तै अगामी केही अवधीभित्रै नेपालगञ्ज दिल्ली अन्तर्राष्ट्रिय उडान सुरु गरि नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गरिने पनि बताइएको छ । खुल्ला स्थानीय सरकारको अवधारणा अवलम्बन गर्दै जनता र सरकारवीचको सम्वन्ध विस्तारमा सञ्चारमाध्यमसँगको सहकार्यलाई अगाढी बढाउने विकासका गतिविधिहरुलाई संचारका सबै माध्यम मार्फत जानकारी गराई सूचना प्रविधिलाई अधिक मात्रामा उपयोग गर्ने नीति पनि अवलम्बन गरिने जनाइएको छ ।
विपद व्यवस्थापन तथा उद्धार र राहतको कार्यक्रम अगाडी बढाइने, नगरमा “वालमैत्री कोष” स्थापना गरि आवश्यक बजेट व्यवस्थापन गर्ने र कोषबाट बालमैत्री वडा तथा नगर घोषणा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीती पनि अघि सारिएको छ ।
सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गरि धार्मिक सहिष्णुतायुक्त शहरको रुपमा पहिचान स्थापना गर्न उपयुक्त कार्यक्रम कार्यान्वयन गरिनेछ । बालमैत्री, वातावरणमैत्री, अपाङ्गतामैत्री, लैङ्गीकमैत्री, खुलादिशामुक्त, पूर्ण साक्षर, पूर्ण खोपयुक्त कार्यक्रम कार्यान्वयन मार्फत् सामाजिक समावेशीकरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरिने, कर्मचारीहरुको कार्यसम्पादनको आधारमा पुरस्कार तथा दण्ड दिने, उपलब्ध स्रोत साधनको उच्चतम परिचालन र उपयोग गर्ने नीति अवलम्बन गरिने उल्लेख छ । सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण मार्फत सुशासन अभिबृद्धि गरिने कुरा पनि नीती तथा कार्यक्रममा समेटिएको छ । प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीले राजश्व र करको दायरा सबैका लागि सहज, फराकीलो र व्यवहारिक बनाइएको बताउनु भयो । यस्तै उहाँले सीटी हल, कम्प्लेक्स भवन लगायतका मेगा प्रोजेक्टलाई अघि बढाइएकोले सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । वडा अध्यक्ष, नगर सदस्य लगायतको सहभागिता रहेको बन्द सत्रमा केही सझाव राखीएपछि थप छलफलका लागि समय तय गरिएको छ । वडाको वजेट सीलीङसहित अब २१ गते पुन ः बस्ने नगर सभाले वजेट, नीती तथा कार्यक्रम पारित गर्ने सहमती भएको छ ।

Show in Slider: