FAQs Complain Problems

नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु !!

नेपालगञ्ज, फागुन २६ गते ।  नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।  महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजना समेत तयार भईरहेको छ  ।  नगर प्रमुख डा. धवल शम्शेर राणाका अनुसार बुधबार यसै सन्दर्भमा पारम्भिक तयारी तथा छलफल सम्पन्न भएको छ ।
नगर प्रमुख राणाले राजनीतिक पार्टीको आवद्धता भन्दा माथी उठेर आम जनतासँगको अन्तरक्रियालाई जोड दिन सुझाव दिनुभयो । आम नागरिकहरु आप्mनो शहरलाई महानगरपालिका बनाउन इच्छुक भएपनि राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरु भविष्यको राजनीतिक पदलाई प्राथमिकता दिने भएकाले जनताको सुझाव महत्वपूर्ण हुने राणाले बताउनुभयो । डिपिआरको काम गरिरहेको संस्था अपडेनका मनिषराज जोशीले प्रारम्भिक चरणको कार्य असारभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो । टोलीले वडा तहसम्म पुगेर पनि काम गर्नेछ ।

Show in Slider: