FAQs Complain Problems

समाचार

नेपालगञ्जमा शिक्षा दिवस !!

नेपालगञ्ज, भदौं २२ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह आइतबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आइतबार नेपालगञ्जमा उत्कृष्ट विद्यालय,शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणाका लागि सबैको ध्यानाकर्षण गराउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न प्रयास गर्दै आईरहेको भन्दै शिक्षाको विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Show in Slider: