FAQs Complain Problems

समाचार

नेपालगञ्जमा बोटानिकल गार्डेन !!

नेपालगञ्ज बैशाख २९ गते– नेपालगञ्जमा बोटानिकल गार्डेन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २० एअरपोर्ट नजीकै ३६ हेक्टर क्षेत्रफलमा अत्याधुनिक गार्डेन बन्न लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाको पहल र वडा कार्यालय सक्रियतामा प्रदेश सरकारले बन कार्यालयमार्फत करिव डेढ करोड रकम उपलव्ध गराएको हो । वडा न २० को कार्यालयले गार्डेन निर्माणको प्रक्रियाका लागि टेण्डर समेत आहवान गरेर पहिलो चरणको काम शुरु गर्ने तयारी गरेको छ । 

बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षीत गरेर निर्माण गर्न लागिएको गार्डेन दशैंसम्म सञ्चालनमा लयाउने गरि तयारी गरिएको वडा न २० का वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो । नक्सासहितको वजेट शिलीङ बनाइएकाले अब केही दिनभित्रै निर्माण प्रक्रिया शुरु गरिने पनि वडा अध्यक्ष कार्कीले जनाउनु भयो । गार्डेनमा हरियो, आकर्षक मैदानसहित विभिन्न फूल, विरुवाहरु पनि लगाइने छन् । गार्डेनमा थुपै्र भौतिक संरचना पनि निर्माण हुँदैछन् । गार्डेन क्षेत्रमा पिकनीकस्थल, आवास, चौतारी, आकर्षक बत्ती लाईट, टिकट काउन्टर लगायतका संरचना बनाइने भएको हो । नेपालगञ्ज नजीक पीकनिकस्थलको अभाव भइरहेका बेला उक्त गार्डेन निर्माणले सो को परिपुर्ती गर्ने विश्वास गरिएको छ । यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाद्धारा बागेश्वरी मन्दिर, पुरैनीको कान्ती ताल, धम्वोझीको वाटर पार्कलाई पनि आकर्षक र पर्यटकीय स्थलका रुपमा विकास गरिदैछ । यस अघि रानीतलाउलाई पुनःनिर्माण गरि वोटिङ सञ्चालन गरिसकिएको छ । पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले देशभर दर्जन बढी पार्क निर्माण गर्न लागेको छ ।

Show in Slider: