FAQs Complain Problems

समाचार

नेपालगञ्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत !!

नेपालगञ्ज, कात्तिक ९ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत गर्नुभयो ।

भूमी व्यवस्था विभागबाट सुवेदीको नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको हो । सुवेदीले यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी वहन गरिसक्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपालगञ्जको आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Show in Slider: