FAQs Complain Problems

नेपालगञ्जमा नगर प्रमुख र उपप्रमुखको पदभार ग्रहण !!

नेपालगञ्ज, जेठ ८ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आईतबार सपथग्रहणसँगै पदभार ग्रहण गर्नुभएको छ । उपप्रमुख कमरुद्धिन राईले पनि आईतबार नै सपथसँगै पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको कार्यालयमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश खडानन्द तिवारीले नगर प्रमुख प्रशान्त विष्टलाई सपथग्रहण गराएपछि विष्टले उपप्रमुख कमरुद्धिन राई सहित वडा अध्यक्ष र सदस्यहरुको सपथग्रहण गराउनुभयो । सो अवसरमा नगर प्रमुख विष्ट र उपप्रमुख राईले आफुहरुलाई जनताको सेवकको रुपमा बुझन आग्रह गर्नुभयो ।

सम्पूर्ण नगरबासको राय, सुझावका आधारमा अघि बढ्ने बताउँदै नगर प्रमुख विष्टले मितव्ययी बन्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उपमहानगरभित्र पछि गाभिएका वडा विकासका दृष्टिकोणले पछि परेको भन्दै उहााले समान विकास गरिने बताउनुभयो । उहाँले बैङ्कसँग सहकार्य गरेर सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न प्रयास गर्ने बताउनुभयो । उपमहानगरपालिकाका भौतिक संरचनाहरु  अपाङ्गमैत्री हुने भन्दै नगर प्रमुख विष्टले भेरी अस्पतालमा २० रपियाँमा खाना खुवाईरहेको अञ्जनी माता रसोईलाई थप आर्थिक सहायता उपलब्ध गराइने बताउनुभयो । सो अवसरमा पुर्व मन्त्री मो. इस्तियाक राई, पुर्व नगरप्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, विभिन्न राजनीतिक दलका प्रतिनिधी लगायतले नयाँ नेतृत्वलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

Show in Slider: