FAQs Complain Problems

नेपालगञ्जमा दीगो विकास लक्ष्यको स्थानीयकरण !!

नेपालगञ्ज, चैत ८ गते । नेपालगञ्ज उपमहानगरपालिकाले  दीगो विकास लक्ष्य अन्तर्गतका १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दीगो विकाको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले  कर्मचारीहरुको टोली बनाएर प्राप्त तथ्यांकका आधारमा एउटा निचोड निकालेको छ । जिआईजेड÷सिडिएसजीको सहयोगमा भईरहेको कार्यक्रम अन्तर्गत मंगलबार  दीगो विकास लक्ष्यको स्थानीयकरणमा भएका प्रयासहरुको पुनरावलोकनसहित आगामी कार्यदिशा सम्बन्धमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धीको विषयमा प्रस्तुतीकरण भएको थियो ।

कार्यक्रममा कार्यबाहक नगर प्रमुख उमा थापा मगरले अहिलेसम्म तथ्यांकको अभावमा अन्यौलताकाबीचमा काम गर्नुपरेको भन्दै अहिले नगरमा धेरै सुधार भएको बताउनुभयो । उहाँले दीगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएको पनि बताउनुभयो । उहाँले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

 प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले दीगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ  सहयोग रहने बताउनुभयो । कार्यक्रमको सहजिकरण गर्दै अरुण रेग्मी र निराजन सुवेदीले यसबाट आगामी ५ बर्षका लागि राम्रो आधार तय भएको बताउनुभयो ।

प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद सुवेदीले आम जनताले परिवर्तनको अनुभुती पाउने गरि काम गर्नुपर्ने सुझाव दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले १७ सूचक मध्ये लैंकि समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहरहरु एवम मानव वस्तीहरुलाई समावेशी, सुरक्षितउत्थानशिल र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाईका अवसरहरु प्रवद्र्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक विृद्धि पूर्ण ता उत्पादनशल रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने सूचकहरुलाई प्राथमिकतामा राखेको छ ।

 

Show in Slider: