समाचार
नेपालगञ्जका महिलाका लागि आत्म सुरक्षा तालिम शुरु !!
नेपालगञ्ज फागुन २१ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा महिलाहरुका लागि आत्मसुरक्षा तालिम शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको तालिम आईतबारसम्म सञ्चालन हुनेछ ।
तालिमको उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समाबेशीता, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भएपनि कार्यान्वन गर्न नसकिने भएको हुँदा महिलाहरुको सक्षमता आवश्यक रहेको बताउनुभयो । तालिमको उद्घाटन सत्रमा बोल्दै बरिष्ठ प्रहरी उपरिक्षक किरण राणाले शारीरीक र मांसिक रुपमा सक्रिय हुनुले महिलाहरुलाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले आफ्नो किशोरी तथा महिलाहरु यस सृष्टिको सबैभन्दा बलवान व्यक्ति भएकाले आफुलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागिहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह, इन्प्रोकका अध्यक्ष तेज बिक्रम शाह, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रका उपाध्यक्ष गणेश प्रसाद भटराई लगायतको उपस्थितिमा तालिमको शुभारम्भ भएको महिला तथा बालबालिका शाखा अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो । महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ यही मार्च ८ का दिन परेको महिला दिवस मनाउन नेपालगञ्जमा खुल्ला वक्तृत्वकला प्रतियोगिता, आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, ¥याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।