FAQs Complain Problems

नाला निर्माणले जगाएको आशा !!

‘थोरै वर्षा हुँदा पनि पानी जमेर हिड्डहुल गर्न त के घरबाट बाहिर निस्कनसमेत मुस्किल पथ्र्यो’ नेपालगञ्ज–२, बेलासपुरका विनोद शर्माले अनुभव सुनाए, ‘सडकमा कम्मरसम्म पानी हुन्थ्यो . बाढीका बेला बाटो बिराउँदा मोटरसाइकल दुर्घटनासमेत भयो सडकको दुवैतर्फ पक्की नाला निर्माण भएपछि भने उनले निकै राहत महशुस गरेका छन् |

बेलासपुरवासीले बर्षौदेखि वर्षायाममा डुबान समस्या झेल्दै आएका थिए . शर्मालाई झैं नेपालगञ्ज–समावेशी टोलका गोविन्द रेग्मीलाई पनि नाला निर्माणले ख’सी दिएको छ | हरेक बर्ष डुबान समस्या झेल्दै आएका रेग्मी नाला बनेपछि अब डुबान नहुनेमा ढुक्क छन् . ‘भारी वर्षा हुनसाथ डुबान भैहाल्थ्यो . समावेशी टोल, खटकनपुर, पिरलीपुर्वा हुन्दै बाबागाउँसम्म जाने सडकको दुवैतर्फ पक्की पुल निर्माण भएपछि अब डुब्दैन कि ? उनले भने ..... सदरलाइनका सन्दीप गुप्तालाई यति द्रूतगतिमा नाला निर्माण होला भन्नेमा विश्वासै थिएन | नेपालगञ्जको सबैभन्दा पुरानो बजार सदरलाइनमा सडकको दुवै किनारमा नाला निर्माण भएपछि डुबान समस्याबाट मुक्ति मिल्नेमा उनी अब ढुक्क छन् , भन्छन् ‘फेरि पनि डुवानको पीडा भोग्नुपर्ने हुन्छ कि भन्ने लागेको थियो | सडकको दुवैतर्फ नाला निर्माण भएपछि ड’वान समस्याबाट मुक्ति पाउने आशा छ ’|

नगरमा डुबानमा पर्ने अर्को क्षेत्र हो गणेशपुर, स्थानीय शिव थापाले पनि नाला निर्माणले विगतभन्दा यो बर्ष डुबान समस्या कम हुने आशा गरे, ‘भेल बग्ने ठाउँमा नाला बनेको छ , विगत जस्तो डुबान हुन्न कि ?’ नेपालगञ्ज उपमहानगरपालिले क्षेत्रीय शहरी विकास आयोजनामार्फत ३६ किलोमिटर र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ३ किलोमिटर गरी सानाठुला ३९ आयोजनाका ६६ किलोमिटर सडक तिनमा नाला निर्माण गरिरहेको छ | दुबै आयोजनाको तीन अर्बभन्दा बढी बजेट छ , डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर धमाधम नाला निर्माण र नाला सफाईको काम भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताए |

‘गत बर्ष आठ किलोमिटर र यो बर्ष आठ किलोमिटर गरि १६ किलोमिटर नाला निर्माण भएको छ,’ उनले भने, डुबानको समस्या हुने ठाउँका धेरैजसो नाला निर्माण भइसकेको छ| फुल्टेक्रादेखि भवनियापुर, जिल्ला शिक्षा कार्यालयदेखि बेलभारसम्मकोनाला निर्माण भइसकेको र भेरी प्राविधिक शिक्षालय, बैश्णवी अस्पताल, सरस्वती स्कुल छेउका ठुला नालाको पनि मर्मत सम्भार गरिएको छ |

नगर प्रमुख डा. धवल शमशेर राणा दुई बर्षभित्र नेपालगन्ज डुबान मुक्त’ हुने दाबी गर्छन् , राणा भन्छन्, ‘पानी बग्ने ठाउँको पहिचान गरि सोही अनुसार नाला निर्माण गरेका छौं | नगरको मुख्य भाग डुबान पर्नुको कारण खोजेर नाला निर्माण गर्ने र पानी फाल्ने ठाउँको निक्र्यौल उपमहानगरपालिकाले गरेको छ | नेपालगञ्ज–२ मनिकापुरबाट आउने पानीलाई डुडुवा नाला र रतैया नाला तथा पश्चिम क्षेत्रको पानीलाई दोन्द्रा खोलामा मिसाउन नाला निर्माण भइसकेको छ | न्युरोडको सेतु विक चोक, गणेशपुर, बसपार्क, कारागार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको राणाले बताए . डुबान क्षेत्रका अधिकांश ठाउँमा नाला निर्माण भइसकेको बताए | सबैभन्दा चाँडो डुबानमा पर्ने सेतु विक चोकको पानी निकासबारे उनले भने, ‘चोकमा थुप्रिने पानीको स्रोत पहिचान गरि निकासको पहल भइसकेको छ | नगरमा पुराना र नवनिर्मित नाला र ढलभित्र माटो, बालुवा र प्लाष्टिक थुप्रिसकेको छ | नियमित सफाइ नहुदा नाला जाम भइ फेरि पनि डुबान समस्या उस्तै हुने खतरा छ | ‘सफाई नगर्ने हो भने नाला बनाउनुको कुनै अर्थ छैन’, पत्रकार निरजकुमार गौतमको सुझाव छ’, ‘नालाको नियमित रुपमा सफाइमा उपमहानगरले ध्यान दिन’पर्छ |

सौजन्य: नेपालगञ्ज उपमहानगरको शहर फिचर सेवा

Show in Slider: