FAQs Complain Problems

नगर प्रमुख राणाले गरे स्वास्थ्यकर्मीको प्रशंसा !!

नेपालगञ्ज, असोज २८ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिका  अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ २०७६÷७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै प्रमुख राणाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताउनुभयो । महामारीको समयमा कुनै गुनासो नगरि काममा खटिनुभयो, डा. राणाले भन्नुभयो,– व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर तपाईहरुले जनहितमा गर्नुभएको कार्य आफैमा महान छ । उहाँले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर  खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लगायतले  विगतका त्रुटी सच्चाउँदै भविष्यको बाटो देखाउने गरि समीक्षा गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले  विगतको कार्यक्रमको उपलब्धी र त्रुटीमा छलफल भई तथ्यमा आधारित भई आगामी योजना बनाउने उद्धेश्यले समीक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।

Show in Slider: