FAQs Complain Problems

नगरमा राजश्व सुधार कार्ययोजना ल्याइदै !!

नगरमा राजश्व सुधार कार्ययोजना ल्याइदै

नेपालगञ्ज माघ १९ गते– नेपालगञ्ज उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना ल्याउँदैछ । जीआईजेड सीडीमुन को प्राविधिक सहयोगमा उपमहानगरपालिकाको कार्यालयले राजश्व सुधार कार्ययोजना बनाउँदै छ । उपमहानगरपालिकामा राजश्व सुधार कसरी गर्न सकिन्छ भन्ने उद्येश्यमा केन्द्रित कार्ययोजना गोष्ठि गरिएको छ । उपमहानगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सम्वद्ध विज्ञ, शाखा प्रमुख, राजश्व परार्मश समितिका सदसय, सरोकारवाला व्यक्ति सहितको गोष्ठिमा राजश्व अधिकार,राजश्व सुधारका क्षेत्रको पहिचान र राजश्व सुधार कार्ययोजनाको औचित्य लगायतका विषयमा सहजीकरण गरिएको छ । संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयका उप सचिव डा विष्णुदत्त गौतम, राजश्व विज्ञ डा शेषरमण न्यौपाने, जीआइजेडका अरुण श्रेष्ठ, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, स्कलर नेपालका नरेन्द्र केसीले विषयवस्तुमाथि प्रकाश पार्दै सहजीकरण गर्नु भएको थियो ।

समूहगत छलफलपछि आएका सुझावलाई समेटेर ५ वर्षे कार्ययोजना बनाइने उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षक खीमानन्द अर्यालले जानकारी दिनु भयो । कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले स्वागत गर्दै राजश्व सुधार नगरिकन विकासमा लगानी गर्न नसकिने भन्दै वडा अध्यक्षलाई अग्रसर हुन आग्रह गर्नु भयो । नगर प्रमुख डा धवल शमशेर राणाले खर्चलाई निरुत्साही गर्दै राजश्व सुधार तथा आर्यआजनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले कार्ययोजना कार्यान्वयनका लागि प्राविधिक पक्षसँगै सवै पक्षको सकरात्मक सोंच र सहकार्यको खाँचो रहेको औल्याउनु भयो ।