FAQs Complain Problems

समाचार

दिल्ली–नेपालगन्ज हवाई उडानका लागि पुनः पहल !

नेपालगञ्ज, जेठ २९ गते – दिल्ली नेपालगन्ज हवाई उडानका लागि आवश्यक पहल गरिदिन पुन ः जोडदार माग गरिएको छ । नेपालगञज उपमहानगरपालिकाको विशेष पहलमा आज बसेको सर्वपक्षिय, सर्वदलीय वैठकले एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन माग गरेको हो । पुर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माको विशेष उपस्थितिमा बाँकेका मुख्य राजनीतिक दलका प्रमुख, ८ वटै पालिका प्रमुख, प्रदेश तथा संघका सांसदसहितको वैठकले हालको एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्री समक्ष लिखीत माग गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल श्मशेर राणाको अध्यक्षतामा पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, होटल अर्गनाईजेसनका प्रमुखको समेत सहभागितामा सम्पन्न वैठकले तत्काल नेपालगञ्ज राझा विमान स्थलबाट दिल्ली सम्म बुद्ध एयरलाई हवाई उडान गर्नको लागि विभिन्न वायुसेवा कम्पनीहरुबाट समेत माग भै आएकोले हालको एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसंग अनुमतिको लागि आवश्यक पहल गरिदिन हुन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अनुरोध गरेको हो ।

साथै हवाई उडानको लागि आवश्यक पूर्वाधारहरुको व्यवस्थाको लागि सम्बन्धित निकायहरुमा समेत पहल गरिदिन अनुरोध गरिएको छ । नेकपा कर्णाली प्रदेश इन्चार्ज समेत रहनु भएका पुर्व मन्त्री शर्माले दिल्ली नेपालगञ्ज उडानले पश्चिम नेपालको समग्र विकासमा मद्यत पु¥याउने विश्वास गर्दै दबाबले नभई योजनावद्ध रुपमा माग अघि बढाइनु पर्ने सुझाव दिनु भयो । साथै उहाँले प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग आफुले पहल गर्ने पनि विश्वास दिलाउनु भयो । प्रधानमन्त्रीलाई अनुरोध गरि लेखीएको पत्रमा नेपालगञ्जबाट मानसरोवर लगायतअन्य धार्मिक तथा पर्यटकीय स्थलहरु सम्मको रुट विस्तार भै रहेको सन्दर्भमा भारतका विभिन्न शहरहरुमा हवाई यातायात संचालन हुन सकेमा धार्मिक तिथ यात्रु, व्यापारिक तथाअन्य यात्रुहरुको ओहोर दोहर गर्ने संख्यामा वृद्धि हुनुका साथै दिल्ली सम्मको हवाई सम्पर्क भएमा यस क्षेत्रको आर्थिक गतिविधिहरुमा समेत उल्लेख्य वृद्धि हुने विश्वास उल्लेख गरिएको छ ।

Show in Slider: