FAQs Complain Problems

समाचार

एकल महिला सञ्जालको भवन निर्माण शुभारम्भ !!

नेपालगञ्ज, फागुन ३० गते –द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा ३ तले भवन निर्माणको विधीवत शुभारम्भ गरियो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, सञ्जालकी अध्यक्ष जयन्ती केसीले संयुक्त रुपमा भवको शिलान्यास गर्नु भएको हो । सञ्जालको अथक प्रयासपछि उपमहानगरपालिकाको सहयोगमा प्राप्त जग्गामा अब अत्याधुनिक ‘छहारी भवन‘ बन्ने भएको छ । ३ लाखको माटो पटान र ४४ लाखको पर्खाल निर्माण गरिसकिएको छ । छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने सञ्जालका संस्थापक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष शोभा वीसीले जानकारी दिनु भयो ।

जिल्ला समन्वय समितीका संयोजक श्रीवास्तव र नगर प्रमुख राणाले संस्थाको भवन निर्माणका लागि सक्दो सहयोग गर्ने र अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन सुझाव दिनु भयो । भवननिर्माणका लागि सर्व प्रथम सहयोग गनुृ हुने जिल्ला जनस्वास्थ्य प्रमुख जिवन मल्लको ५ हजार, नमस्कार शाहको ५ हजार र शक्ति वंशाकर अव्दुल कवीको १५ जार रुपैया पनि द्धन्द्धपीडित तथा एकल महिला सञ्जाल बाँके पुर्व अध्यक्ष एकमाया विकले अध्यक्ष केसीलाई हस्तान्त्रण गर्नु भयो । कार्यक्रममा वडा अध्यक्ष विष्णु बहादुर लामासहितका जनप्रतिनीधी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनीधी, महिला लगायतको सहभागिता रहेको थियो ।

Show in Slider: