FAQs Complain Problems

समाचार

उपमहानगरपालिकामा टोल फ्री नम्वर शुरु !!

उपमहानगरपालिकामा टोल फ्री नम्वर शुरु

नेपालगञ्ज– जनगुनासो सम्वोधनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले टोल फ्रि नम्वर फोन सेवा शुरु गरेको छ । पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा उपमहानगरपालिकाले बुधबारदेखि १६६०–८१–५२०५२ नम्वरको पैंसा नलाग्ने कल सेवा शुरु गरेको हो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर रणा र उपप्रमुख उमा थापा मगरले एक समारोहबीच संयुक्त रुपमा उदघाटन गर्नु भयो । नेपालगञवासीले अब जुनसुकै समयमा कल गरेर आफना समस्या सम्वन्धित निकायमा राख्न पाउने भएका छन् । फोनमार्फत आएका समस्या÷ गुनासालाई टिपोट गरेर सम्वोधन गरिने नगर प्रमुख राणाले जनाउनु भयो । उपप्रमुख थापामगरले जनतालाई सूचना दिन र नगरपालिकाको सूचना पाउन सहज हुने विश्वास व्यक्त गर्नु भयो । टोल फ्रि फोनले नगरवासीको समय, पैंसा र परेशानी दुर गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जीकीर गर्नु भयो । उपमहानगरपालिकाले अब मोवाइल एप्सको पनि शुरुवाती गर्दैछ ।