FAQs Complain Problems

अन्तर्राष्ट्रिय महिला दिवसमा नेपालगञ्जमा भव्य ¥याली !!

नेपालगञ्ज, फागुन २४ गते– नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव्य झाँकी, वाजागाजासहितको ¥याली प्रदर्शन गरियो । सहभागीले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ नारा लेखीएको गुलावी रुमाल काँधमा ओढेका थिए । उपमहानगरपालिकाको परिसरबाट शुरु ¥याली धम्वोझी, सेतु विक चौक हुँदै बागेश्वरी मन्दिर परिसरमा रहेको सत्संग भवनमा पुगेर समापन गरिएको थियो । सयांैको सख्यामा सहभागिता रहेको ¥यालीपश्चात मयुर नाँच देखाइएको थियो भने नौमती वाजा पनि प्रस्तुत गरिएको थियो । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले अझैं पनि लैंगिक विभेद रहेको भन्दै यसका विरुद्ध महिला पुरुष एक हुनुपर्ने बताउनु भयो ।

उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणाले महिलालाई शैक्षिक र आर्थीक पहुँच अभिवृद्धि गर्न सके समान विकास हुने विश्वास व्यक्त गर्नु भयो । उपमहानगरपालिकाका महिला तथा बालिका प्रमुख शोभा शाहले लैंगिक समानताका लागि सोंचमा परिवर्तन गर्न आवश्यक रहेकाले सामुहिक हातेमालोको खाँचो आंैल्याउनु भयो । नारी दिवसका सन्दर्भमा अन्य क्षेत्रमा पनि विविध कार्यक्रम गरिएका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उदघोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

Show in Slider: