FAQs Complain Problems

शमसानघाट व्यवस्थित बन्दै !!

नेपालगन्ज भदौ २२ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ स्थित शमसानघाट व्यवस्थित एवं सुन्दर बनाइदैछ । हिन्दुहरुको लाश जलाउने र गाडने ठाउँका रुपमा रहेको शमसान क्षेत्रमा थुपै्र संरचना निर्माण गरिनुका साथै शान्त र सफा बातावरण सिर्जना गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ र एकिकृत शहरी विकास आयोजना परियोजना कार्यान्वयनको संयुक्त पहलमा पीसीसी सडक निर्माण गर्नुका साथै अनावश्यक झारपात उखेलेर सरसफाई गरिएको छ । लाश जलाउने स्थानसम्म दाउरासहितका साधान लैजान असहज हुँदै आएकोमा अब सो समस्या दुर हुने भएको छ । परियोजनाको सात लाख ९५ हजार र वडा कार्यालयको दुई लाख लागतमा दुई सय १० मीटर पीसीसी बाटो निर्माण गरिएको वडा अध्यक्ष सुरेन्द्र गुप्ताले जानकारी दिनु भयो । शमसानघाट सडक निर्माण उपभोक्ता समितीमार्फत कार्य अन्तिम चरणमा छ ।

वडा अध्यक्ष गुप्ताका अनुसार दाहसंसकारमा कुनै प्रकारको कष्ट व्यहार्ने नपरोस भन्ने उद्येश्यले बाटो निर्माण गरिएको हो । फूलका विरुवा रोपेर सौन्दर्यकरण गरिनुका साथै बत्ति जडान गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ । लाश जलाउने ठाउँ वरिपारि झारपात बढेर सर्प, विषालु किराहरुको डर भएपछि डोजर लगाएर झारपात उखेर सफा गरिएको छ । यसैबीच नगर प्रमुखको समेत कार्यभार सम्हाल्नु भएका गुप्तासहितको टोलीले शमसानघाट सडक निर्माणको अनुगमन समेत गरेको छ ।

Show in Slider: