FAQs Complain Problems

रानी तलाउको अनुगमन !!

नेपालगञ्ज, असोज ११ गते– नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले आज रानी तलाउ लगायत नगरका विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । डेढ दशक उपयोगविहीन रानी तलाउ पुनःनिर्माण गरिसकिएको छ भने चाँडै नै जलविहार गर्ने बनाइदैछ । कार्यवाहक नगर प्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदी, वडा नं.८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं.३का वडा अध्यक्ष अयुव सिद्दिकि, योजना शाखा ई. सुरज गुप्ता लगायतले निर्माण प्रगती अनुगमन गर्नुभएको हो । सरसफाई, रंगरोगन, व्यवस्थित टिकट काउण्टर लगायतका कार्यपछि सर्वसाधारणले सशुल्क अवलोकन गर्न सक्ने बनाइने कार्यवाहक मगरले जानकारी दिनु भयो ।

Show in Slider: