FAQs Complain Problems

"म बोल्छु"’ मा बोले– महिला !!

नेपालगञ्ज, मंसीर १६ गते –लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज नेपालगञ्जमा ‘म बोल्छु ’ विषयक कार्यक्रम गरिएको छ । लैंङ्गिक हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा सहित जारी अभियान अन्तर्गत हिंसा पीडित प्रत्येक महिलालाई आफ्नो समस्याबारे खुलेर बोल्न सक्ने वातावरण बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सेभ द चिल्ड्रेन, बाँके युनेस्को लगायत विभिन्न गैरसरकारी संस्थासँगकोे सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका महिला तथा वालवालिका शाखाद्धारा आयोजित कार्यक्रममा अधिवक्ता लोक बहादुर शाहले महिलाका कान’नी तथा संवैधानिक अधिकार र व्यवस्था विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले ग्रामिण क्षेत्रमा रहेका अशिक्षित र गृहणी महिलाहरुलाई हिंसावारे बोल्ने ज्ञान र हिम्मत दिनु सचेत महिलाको कर्तब्य भएको बताउनुभयो । उहाँले महिलाहरुलाई हिंसा बिरुद्ध बोल्न उत्प्रेरित समेत गर्नुभयो । प्रम’ख महिला विकास अधिकृत शोभा शाहद्धारा स्वागत तथा कार्यक्रममाथि उद्येश्यप्रकाश पारिएको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाक’रसिंह थारु ल्गायतले महिला अधिकारका पक्षमा बोल्न’ भयो । अवधारणा पत्र प्रस्तुत पछि सहभागी महिलाहरु पालैपालो अगाडी गएर आफूले भोगेका हिंसाबारे खुलेर बोलेका थिए । उनीहरुले अहिले सम्म हिंसा पहिचान गर्न नसकेरै सहेर बस्नु परेको अनुभव स’नाउदै अव हिंसा सहेर नबस्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडाबाट विभिन्न समुदायका महिला सहभागी कार्यक्रममा महिला अगुवा ऋचा लुईटेलले सहजीकरण गर्नुभएको थियो ।

Show in Slider: