FAQs Complain Problems

ब्याड मिण्टन प्रतियोगिता शुरु !

ब्याड मिण्टन प्रतियोगिता शुरु

नेपालगञ्ज चैत्र ४ गते – जनप्रतिनीधी र कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका उपमहानगर कार्यपालिकाको कार्यालयद्धारा प्रहरी व्यायाम शालामा आजदेखि मैत्रीपुर्ण आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शुरु गरिएको हो । 
उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले व्याडमिण्टन खेलेर प्रतियोगिताको शुरुवात गर्नु भएको हो ।

जनप्रतिनीधी र कर्मचारीबीच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै सहकार्यको बातावरण सिर्जना गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा वडा न १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिनु भयो । प्रतियोगितामा नगरका वडा अध्यक्ष, वडा सदस्य, उपमहानगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायत कर्मचारी गरि ५० जनाको सहभागिता रहेको छ । नक आउट आधारमा मेन सिंगल र डबल्स खेलाइने प्रतियोगिताका अम्पायर तेज बहादुर साउदले जनाउनु भयो । विहान र साँझ गरि ४ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा अम्पायरका रुपमा केशव महतरा, अर्जन राना पनि रहनु भएको छ ।