FAQs Complain Problems

बातावरणमैत्री व्यवसाय प्रवद्र्धनका लागि २० लाख सहयोग !!

नेपालगञ्ज भदौे २५गते– नेपालगञ्जमा बातावरणमैत्री व्यवसाय प्रवद्र्धनमा हातेमालोको पहल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा बातावरण अनुकलनमैत्री कार्यक्रम सञ्चालन गरिरहेको भेरी भेरी बातावरण विशीष्ठता समूह (बीग्रुप)ले बातावरणमैत्री व्यवसाय प्रवद्र्धनका लागि बातावरणमैत्री उद्यमीलाई आर्थिक सहयोग गरेको छ । शहरी केन्द्रका लागि उत्थानशिलता अभिवृद्धि जलवायू परिवर्तन अनुकुलन कार्यक्रम अन्तगर्त आज एक समारोहबीच व्यवसायी र संस्थालाई आर्थिक सहयोग गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणीज्य संघको समन्वय, सहकार्य र बजारीकरण हुने गरि ८ वटा उद्यमी संस्थालाई १९ लाख ८० हजार अनुदान सहयोग गरिएको हो । थारु हस्तकलामा आधारित घरेलु सामाग्री बनाउने पञ्चशिल हस्तकला केन्द्रलाई ६ लाख, कागजका झोला बनाउने एकता महिला सशक्तीकरण केन्द्रलाई ६ लाख, फोहर प्लाष्टिकबाट टायल बनाउने नेपाल वेष्ट रिसाइक्लर्सलाई तीन लाख ३० हजार, तरकारी खेतीका लागि मीलीजुली महिला सीलाई कटाई समूह र वडा न १९, २० र २३ का ३ वटा सहकारी र समूहलाई ९०÷९० हजार सहयोग हस्तान्त्रण गरियो । सम्वद्ध उद्यमीहरुलाई चेक हस्तान्त्रण गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले आर्थिक सहयोगले बातावरण प्रदुषण नियन्त्रणसँगै बातावरण अनुकुलन व्यवसाय प्रवद्र्धनमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उद्योग र व्यवसाय सञ्चालन गर्न गा¥हो नभएपनि यसको स्थायीत्व र प्रभावकारिताका लागि े उहाँले सामुहीक हातेमालोको आवश्यक्तामा जोड दिनु भयो । संघका अध्यक्ष नन्दलाल वैश्यले सामाग्री उत्पादनसँगै वजार प्रवद्र्धनमा पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो । बी ग्रुपका अध्यक्ष राज कुमार क्षेत्रीले बातावरण अनुकुलन साझा मुद्धा भएकाले सबैको दायित्व भएको बताउनु भयो ।

Show in Slider: