FAQs Complain Problems

नेपालगञ्ज कारागारमा समस्यै समस्या !!

नेपालगञ्ज– भदौ, नेपालगञ्ज कारागारमा समस्यै समस्या देखिएका छन् । । तीन सय क्षमताको कारागारमा ६ सय ८० जना कैदीबन्दी राखिएपछि सुरक्षा चुनौती बढदै गएको छ भने फोहर व्यवस्थापनमा पनि समस्या देखिएको छ । नेपालगञ्ज– १० स्थित कारागार कार्यालय कैदीबन्दीको आचरण सुधारका लागि भन्दै वि सं २००० मा स्थापना गरिएको हो । कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएको, कैदी बन्दीको संख्या अत्यधिक रहेको, ढल निकास, सरसफाई लगायतको व्यवस्थापनमा अनेकन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर बढने र ढल निकासको उचीत व्यवस्था नहुँदा वातावरण फोहर बन्ने गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुरेन्द्र गुप्ता, कार्यपालिका सदस्य कौशल धोवीसहितको टोलीले शुक्रबार कारागारको अनुगमन गरेपछि यावत समस्या सार्वजनिक भएको हो ।
कैदीबन्दीका अनुसार गर्मी र फोहरकै कारण कैदीहरु बिरामी भइरहने गर्दछन् । शुक्रबार मात्र कैदी बन्दीको स्वाथ्य जाँच गर्दा ८३ जनामा भाइरल देखिएको कारागार प्रमुख भरतराज पाण्डेले जानकारी दिनु भयो । उपमहानगरपालिका र वडा न १० ले कारागार विद्यालय, महिला कैदीका लागि बाथरुम, शौचालय निर्माण लगायतमा सहयोग गरिरहेको छ । कारागारका नायव सुव्वा श्याम लामीछानेले टोलीसमक्ष कारगारमा ढल निकाससँगै सेफ्टी ट्याङकी, खाना पकाउने ठाउँ९मेस०मा टिन, चिम्नी सहितको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्नु भयो । एउटा महिला शौचालय र दुई वटा बाथरुम निर्माण गरेको उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा विशेष चासो राख्दै थप योजनासहित आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएको छ ।
हाल कारागार सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भएपछि कैदीबन्दी राख्न सहज हुने विश्वास गरिएको छ ।

Show in Slider: