FAQs Complain Problems

नेपालगञ्जमा सरसफाई महा अभियान !!

नेपालगंजमा आज सरसफाई महाअभियान शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा इन्प्रोकको सह आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभीन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा आज विहान नगरका अधिकांस रोडमा सरसफाई गरिएको हो ।
एक महिना देखि नेपालगञ्जका सडक, टोल, गल्ली एक्लै एक्लै सफाई गर्दै आउनु भएका बिश्व सरसफाई अभियन्ता द्वय राजमान मानव र शुसिला महर्जनको समेत उपस्थितीमा आज विहान ८ वजे एक साथ २० वटा रुटमा सरसफाई शुरु गरिएको हो । हाम्रो नेपालगञ्ज सफा नेपालगञ्ज भन्ने नारासहितको अभियानको आज विहान उपमहानगरपालिका अगाढीबाट नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगरले शुभारम्भ गर्नु भयो ।
नगर प्रमुख राणाले विकास निर्माणको गतीसँगै सरसफाई अभियानलाई पनि तिव्रता दिइएको बताउँदै फोहर व्यवस्थापनमा सबैको हातेमालोमा जोड दिनु भयो ।

उपप्रमुख थापामगरले फेहरै नगर्ने संस्कृतीको विकास गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । संघका अध्यक्ष नन्दलाल वैश्यले घरको फोहर घरमै व्यवस्थापन गर्नु पर्ने भन्दै अभियानको प्रभावकारितामा जोड दिनु भयो । सरसफाई अभियन्ता राजमानले सफाईका लागि प्रत्येक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताउनु भयो । नगरप्रमुख राणा, उपप्रमुख थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतका अतिथी पनि सरसफाईमा जुटनु भएको थियो । वडा स्तरमा वडा अध्यक्षले अगुवाई गरेको अभियानमा जनप्रतिनीधी, नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, उद्योगी व्यवसायी, पेशागत संघ संगठनका प्रतिनीधी लगायतको सहभागिता रहेको थियो । सरसफाई अभियानमा मास्क, पन्जा र फोहर राख्ने ब्याग सहीत सहभागिहरुले सरसफाई थालेका थिए । यसपालीको अभियानमा फोहर वढार्ने भन्दा फोहर संकलन गर्ने गरिएको थियो । सरसफाईपछिआज नगरका मुख्य सडकहरु सफा देखीएका छन् ।

Show in Slider: