FAQs Complain Problems

एमबीबीएस अध्ययनरत विद्यार्थीलाई राणाको सहयोग !!

नेपालगञ्ज मंसीर १४ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ । खजुरा गाउँपालिका– ४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

नगर प्रमुख डा राणाले प्रतिमाका बुवा मदन ढुंगाना र आमा सीतादेवी शर्मालाई चेक हस्तान्त्रण गर्नु भयो । १७ वर्षिया शर्माको उज्जवल भविष्यको कामना गर्दै राणाले आफनो तलव निरन्तर मानवीय सहायतामा खर्चीने बताउनु भयो । पढाईमा जेहेन्दार प्रतिमाले त्रिभुवन विश्व विद्यालयबाट पूर्ण छात्रवृत्तिमा १५ सय जनालाई पछि पार्दै एमबीबीएसमा नाम निकाल्न सफल हुनु भएको हो । शर्माको भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सो रकम हस्तान्त्रण कार्यक्रममा नेकपाका नेता रत्न खत्री, राप्रपाका नेता ऋषिराज देवकोटा, वडा अध्यक्ष तिलकविर सुनार, पत्रकार महासंघ प्रदेश ५ का सचिव एवं उपमहानगरपालिकाका पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई लगायतको उपस्थिती रहेको थियो । आर्थिक रुपले कमजोर सो परिवारलाई यस अघि पनि विभिन्न दाताले सहयोग गरेका छन् ।

Show in Slider: