FAQs Complain Problems

उपप्रमुख थापाद्धारा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान !!

नेपालगञ्ज जेठ २१ गते – नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले मुस्लिम धर्मावलम्वीको महान पर्व इदका सन्दर्भमा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । 
उपप्रमुख थापामगरले मंगलबार डुडुवा गाउँपालिका वडा न ६ हिरमीनिया सुव्वापुरवाका १० जना बालबालिकालाई झोला, कपी, कलम लगायतको शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो ।

घोडा खच्चड पालकका छोरा छोरी मध्य पहिलो चोटि स्कुल भर्ना भएका १० जना बिद्यार्थीहरुलाई हौसला स्वरुप सो सहयोग गरिएको हो । उनीहरुलाई यस अघि एनीमल नेपालको सहयोगमा सरस्वती मावि भंघोटनामा भर्ना गराइएको थियो । प्लाष्टिकको थैला, बोरा काटेर झोला बोक्न बाध्य ती विद्यार्थीको शैक्षिक स्तर वृद्धिका लागि उपप्रमुख थापामगरले सहयोग गरेको एनीमल नेपाल प्रतिनीधी रेखा श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठ पशु कल्याणमा क्रियाशिल सामाजिक अभियन्ता हुनुहुन्छ । शैक्षिक सामाग्री प्राप्तीपछि विद्यार्थीले खुसी प्रकट गरेका थिए । उपप्रमुख थापामगरले यस अघि जन्मदिनको अवसरमा नेपालगञ्ज –४ सल्यानीवागस्थित श्री आधारभुत (छात्रा) विद्यालयका ५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको थियो ।

Show in Slider: