FAQs Complain Problems

उद्यमका लागि साझेदारी विकास कार्यक्रममार्फत सहयोग !!

नेपालगन्ज, मंसीर १९ – नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत वडा न ८ का ११ वटा उद्यम समूहलाई सहयोग गरिएको छ । उपमहानगरपालिकाले हालै मात्र साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडा न ८ का १० वटा साझेदारी समूह र एक जनाको व्यक्तिगत समूहलाई ५ लाख २५ हजार बराबर रूपैयाको ऋण दिईएको उपमहानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले जानकारी दिनु भयो । प्रत्येक समूहलाई ५० हजारका दरले सहयोग गरिएको छ भने व्यक्तिगत एक जनालाई २५ हजार सहयोग गरिएको छ । वडा कार्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र गुप्ताले समूह अध्यक्ष जानकी श्रीवास्तवलाई चेक हस्तान्त्रण गरेर कार्यक्रम शुभारम्भ गर्नु भयो । सामाजिक विकास अधिकृत जोशीको समुपस्थितीमा सम्वन्धित उद्योगी÷व्यवसायीलाई ऋण बितरण गरिएको हो । सो रकमबाट विभिन्न आय आर्जन र व्यवसाय सञ्चालन गरिनेछ ।
कार्यक्रमका सामाजिक परिचालक रुक्मेणी गुप्ता, शान्ता पौडेलसमेतको टोलीले महिला उद्यमीलाई सहजीकरण गर्नेछ । व्यवसायीले चेक प्राप्तीपछि खुसीसहितको धन्यवाद प्रकट गर्दै रकमको प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

Show in Slider: