FAQs Complain Problems

समाचार

जीवन स्तर सुधार क्रियाकलापको अनुगमन !!

नेपालगञ्ज मंसीर १४ गते – सामाजिक विकास मञ्चको यूवा सशक्तिकरण बुल्गारी परियोजनाको जीवन स्तर सुधार क्रियाकलापको संयक्त अनुगमन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले नेपालगञ्जमा लागु ति कार्यक्रमको स्थलगत अनुगमन गरेको हो । १३ देखि १७ वर्षका बालबालिकालाई शिक्षा तथा १८ देखि २२ वर्षका यूवालाई आयआर्जनमा आवद्ध गराई जीवनस्तरमा सधुार लयाइएको पाइएको छ । परियोजना अन्तगर्त नेपालगञ्ज– १७ ढोडेगाउँ निवासी २४ वर्षिया सरस्वती बाहुनलाई पसल सञ्चालनका लागि ८ हजार बारबर सामाग्री सहयोग, वडा न ६ निवासी १९ वर्षिया सविना खानलाई १० प्रतिशत वार्षिक व्याजदरमा ३० हजार, सोही वडामा चाउमिन उद्योगका लागि सालु कश्यप, रिता चौधरी र अर्चना श्रीवास्तवलाई दुई लाख ३० हजार र फुलटेक्रा मावि कक्षा ८ देखि १० सम्मका ८ जनम गरिव तथा विद्यालय छाडने अवस्थामा पुगेका प्रति विद्यार्थी १० हजारका दरले सहयोग गरेको पाइएको छ । सहयोग गर्नु पुर्व सम्वद्धलाई जीवन उपयोगी शिप तालिम, लघु उद्यम शिप विकास तालिम, निर्णय शिप, तनाव व्यवस्थापन शिप आदि प्रदान गरेर व्यवसाय पवद्र्धनमा सहयाग गरेको कार्यक्रम संयोजक कृष्ण प्रसाद थारुले जानकारी दिनु भयो ।
अनुगमन पश्चात उपप्रमुख थापा मगरले विद्यालयमा विद्यार्थी नियमित आउने बातावरण सिर्जनाका लागि फुल्टेक्रा माविका प्रधानाध्यापक मो समी कुरेसीको ध्यानाकषर्ण समेत गराउनु भयो । उपप्रमुख थापामगरले प्रत्यक्ष लाभावान्तित हुने कार्यक्रम सञ्चालन गरेर सहज जीवनयापनमा मद्यत पु¥याएको प्रतिक्रिया दिनु भयो । अनुगमन टोलीमा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा न १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्र, पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई, गैसस महासंघका सचिव नमस्कार शाह, संस्थाका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, परियोजनाका फिल्ड सुपरभाइजर सहजराम यादव लगायत रहनु भएको थियो ।

Show in Slider: