FAQs Complain Problems

समाचार

उपभोक्ता हित संरक्षण समिति गठन !!

नेपालगञ्ज असोज २४ गते– नेपालगञ्जमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाबाट स्वीकृत गरिएको बजार अनुगमन निर्देशिका २०७५ दफा ४ वमोजिम बुधबार समिती गठन गरिएको हो । विशेषतः चाडपर्वलाई लक्षित गर्दैै वजार अनुगमन गर्न नगर उपप्रमुख उमा थापाको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रशासनको प्रतिनीधी, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, औषधी व्यवस्था विभाग, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज उद्योग वाणीज्य संघ, वाणीज्य कार्यालय, गुणस्तरीय तथा नापतौल कार्यालय लगायतका प्रतिनीधी रहेका छन् । समितीले केही दिनभित्रै बजार बजार अनुगमन गर्ने संयोजक थापामगरले जानकारी दिनु भयो ।

Show in Slider: